Logo

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प



काठमाडौं, असोज २ । सुदूरपश्चिममा ४.३ रेक्टरस्केलको भूकम्प गएको छ । आज बिहान १०ः ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सेनाका अनुसार बझाङ, डोटी, बैतडी, बाजुरा र अछाममा भूकम्पको धक्का महसुस भएको छ । भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा साँझ ८ बजेर ३५ मिनेट जाँदा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो । डोटी, खप्तड राष्ट्रिय निकुञ्ज र बझाङ केन्द्रबिन्दु भएर पटक-पटक भूकम्प जाने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्