Logo

रवि लामिछानेमाथि निरंकुश बन्न खोजेको आरोप, आफ्नो प्रतिवेदनमाथि छलफल निषेध



काठमाडौं, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको आलोचना भएको छ। सभापतिले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल नै गर्न नदिने भएपछि भेलामा सहभागी भएकाहरुले गुनासो पोखेका छन् ।

ठूला र पूराना दलको नेताहरुले समेत आफ्नो प्रतिवेदनमाथि छलफल गराएको ताजा दृष्टान्त हुँदाहुँदैपनि नयाँ दलको सभापतिले यस्तो व्यवहार गर्नु गलत भएको भेलामा सहभागीहरुले गुनासो पोखेका छन् । सहकारी ठगी प्रकरणमा छानबिन समितिले कारबाहीको लागि सिफारिश गरेपछि लामिछाने आँत्तिएको चर्चा छ ।

अब लामिछानेको प्रतिवेदनमाथि छलफल नै नगरी पारित गरिने भएको हो । लामिछानेको बोली एक र व्यवहार अर्कै भएकोले उनीबाट परिवर्तनको आश राख्नु गलत हुने रास्वपाकै कार्यकर्ता तहबाट आलोचना सुरु भएको छ ।

राष्ट्रिय भेलामा यसअघि पेश भएका प्रदेशस्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, संसदीय अभ्यासका प्रतिवेदनमाथि भने छलफल भएको थियो । तर, पार्टी जीवनमा महत्वपूर्ण मानिने पार्टी नेतृत्वको राजनीतिक प्रतिवेदनमाथि भने छलफलमा निषेध लगाईएपछि आलोचना सुरु भएको हो । कतिपयले रवि लामिछाने निरंकुश बन्न खोजेको पनि भनेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्