Logo

पूर्वसूचना तथा सञ्चारमन्त्री शर्मालाई पितृशोक



देउखुरी (दाङ), २ असोज । पूर्वसञ्चार तथा सूचनामन्त्री रेखा शर्माका पीता घोराही उपमहानगरपालिका–१८ निवासी दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आएका शर्माको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा दिउँसो ३ः१५ बजे निधन भएको अस्पतालले जनाएको छ ।

शर्माको पार्थिव शरीर आज साँझ घोराही–१८ मसिनास्थित निवासमा पुर्‍याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । उनको अन्त्येष्टि भोलि बिहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माको परिवारले जनाएको छ ।

नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गरेका वरिष्ठ साहित्यकार शर्माका झन्डै एक दर्जन कृति प्रकाशित छन् भने दर्जनौँँ कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उनी निवृत्त शिक्षक पनि हुन् । उनका चार छोरी र एक छोरा छन् ।



प्रतिक्रिया दिनुहोस्