Logo

च्याम्पियन्स लिग : पीएसजीको विजयी सुरुवात



काठमाडौं, असोज ३। यूईएफए च्याम्पियन्स लिगमा पीएसजीले विजयी सुरुवात गरेको छ । गए राति सम्पन्न खेलमा पीएसजीले स्पेनिस क्लब जिरोनालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा एक मात्र गोल जिरोनाका पाउलो गाजानिगाले आत्मघाती गोल गरेका थिए । अब पीएसजीले अर्को खेल अक्टोबर २ मा आर्सनलसँग खेल्ने तालिका छ । त्यस्तै जिरोनाले भने अर्को खेल अक्टोबर २ मा फेयनोर्डसँग खेल्ने तालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्