Logo

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ आज किनबेच?



काठमाडौं, असोज ३ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ८ सय रूपैयाँले घटेको हो ।

बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्