Logo

एशियाका १६ देशको सहभागितामा निक्षेप तथा कर्जा सुरक्षण सम्मेलन आजदेखि



काठमाडौं, असोज ४ । एशियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको सम्मेलन (एशिक कन्फरेन्स) आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । सम्मेलनमा विभिन्न १६ देशका सरकारी निकाय सहभागी हुनेछन् । ३६ औँ एशिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो ।

आज निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१ औँ वार्सिकोत्सव एवम् एशिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन आउँदो सोमवारसम्म सञ्चालन हुनेछ ।

सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायको आ–आफ्नो देशको अनुभवसहित यस क्षेत्रका सामयिक विषयमा सरोकारवालाबीच गहन छलफल हुने छ । कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेका अनुसार सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापान लगायत १६ देशका सुरक्षण संस्थाको सहभागिता रहनेछ ।



प्रतिक्रिया दिनुहोस्