Logo

शेखर कोइरालाजी र मैले ब्रेकफाष्ट मिटिङ गरेकै हो, राति होईन दिनको उज्यालोमा गरेको हो : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, ४ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेको बताएका छन् । तर, उक्त भेटवार्ता दिनको उज्यालोमा भएको उनको भनाई छ । हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

तर, उनले आफू र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भने भेटवार्ता नभएको स्पष्ट पारे । उनले भने,‘शेरबहादुरजी अहिले मसँग त्यस्ते सम्वादमा हुनुहुन्न । मैले पनि सरकारको विषयलाई लिएर अहिले कांग्रेससँग सम्वाद गर्न चाहेको पनि छैन् । अब हामी जनतामा जाँदैछौं। केही समय जनतामा नै जान्छौं ।’

यद्धपी उनले सरकारमा नै नजाने भन्ने माओवादीको नीति नभएको स्पष्ट पारे । उनले आफूले कांग्रेस–एमालेको सत्ता सहकार्य २०८४ सालको आम निर्वाचनसम्म नै जाओस भनेर भनिसकेको पनि स्मरण गराए । शेखर कोइरालासँगको भेटवार्ताबारे थप प्रष्ट्याउँदै प्रचण्डले भने,‘उहाँसँग रातारात भेटवार्ता भएको होईन । उहाँसँग २५ दिनअघि ब्रेकफाष्ट मिटिङ भएको हो । त्यो पनि यहीँ भएको हो । त्यो दिनको उज्यालोमा भएको हो, राति भएको होईन । त्यहाँ फेरि यो सरकारको बारेमा धेरै कुरा भएको होईन । देशको राजनीति परिस्थितिबारे कुरा भएको हो ।’



प्रतिक्रिया दिनुहोस्