Logo

राजनीतिक नियुक्तिका कारण अख्तियारप्रति जनताको विश्वास हट्योः राप्रपा प्रवक्ता शाही (भिडिओसहित)



काठमाडौं, ५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति जनताको विश्वास हटेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारमा आफ्नो मान्छे लगेर राखेको भन्ने बुझाइ जनतामा रहेको बताएका हुन् ।

‘अख्तियारप्रति पनि जनताको विश्वास हट्यो । केपी ओलीजीले आफ्नो मान्छे लगेर राखिदिनुभयो भन्ने जनताको बुझाइ छ । अख्तियारमा जबसम्म राजनीतिक नियुक्त हुन्छ, तबसम्म अख्तियारले काम गर्दैन । अदालतले पनि काम गर्दैन । जनताले न्याय पाउँदैनन्,’– उनले भने ।

प्रवक्ता शाहीले अख्तियारमा राजनीतिक नियुक्ति हटाउनुपर्ने बताए । उनले न्याय परिषद्मा पनि राजनीतिक हालिमुहाली हटाउन आवश्यक रहेको बताए । दलका नेताहरुलाई न्याय परिषद्मा पठाएर कार्यकर्तालाई न्यायाधीश बनाएकाले जनताले न्याय पाउन कठिन भएको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्