Logo

म्याजिक नम्बर देखाएर नखेल्न प्रचण्डलाई एमाले महासचिव पोखरेलको चेतावनी



काठमाडौं, ५ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले म्याजिक नम्बर देखाएर दलहरुबीच नखेल्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् । उनले म्याजिक नम्बर देखाएर खेल्नुभन्दा जनताको बीचमा जान माओवादीलाई सुझाव दिएका हुन् । आज (शनिबार) प्रेस चौतारीले रुपन्देहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पोखरेलले कांग्रेस र एमालेले २०८४ को निर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने र एक्ला एक्लै लड्ने निर्णय गरेपछि माओवादी केन्द्र छटपटाएको आरोप लगाए । उनले माओवादी केन्द्र सत्ताबाट बाहिरिनुपर्दा र अर्को चुनावमा दुई ठूलले कसैसँग गठबन्धन नगर्ने निर्णय गरेका कारण छटपटाएको बताउँदै भने,‘माओवादीले अब नेपाली कांग्रेस र एमाले भन्दा बलियो भएर देखाए भयो त।’



प्रतिक्रिया दिनुहोस्