Logo

करेन्ट लगाएर मारिएको अवस्थामा जंगली हात्ती फेला



बारा, असोज ६ । बाराको कोल्हबी नगरपालिकावडा नं २ मा जंगली हात्तीलाई बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको छ । करिब १५ बर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताएका छन् ।

हात्तीको घाटीमा करेन्टको तार बेरिएको अवस्थामा छ । स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको अवस्थामा फेला परेको हो । २०८० फागुनमा सोही स्थानमा करिब तीन बर्षको पोथी बाघ समेत मृत अवस्थामा फेला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्