Logo

अहिलेसम्मकै नयाँ उचाईमा सुनको मूल्य



काठमाडौं, असोज ६ । सुनको मूल्य अहिलेसम्मकै नयाँ उचाईमा पुगेको छ। साताको पहिलो दिन आइतबारको कारोबारमा सुनको मूल्य प्रति तोला सत्रसय रुपैयाँले बढेर अहिलेसम्मकै नयाँ उचाईमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मुल्य एक लाख ५७ हजार १०० बाट बढेर तोलाको एक लाख ५८ हजार ८०० पुगेको छ। त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १९१५ रुपैयाँबाट १९२० रुपैयाँ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्