Logo

पक्राउ परेका दुर्गा प्रसाईंको उद्घोष : केपी ओलीसँग एक थोपा रगत हुँदासम्म लड्छु



काठमाडौं, ६ असोज । साईबर क्राईमको अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपकोलागि अदालत पेश गरिएको छ । आज (आइतबार) अपरान्ह आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई साईबर ब्यूरोको कार्यालय, भोटाहिटीबाट सिधै अदालत लगिएको हो ।

प्रसाईंका केही समर्थक पनि पक्राउ परेका छन् । निवासमा पक्राउ पर्दैगर्दा उनले आफूले तस्करसँग लड्दा यो भोग्नुपरेको खुलाए । तर, आफ्नो शरीरमा एक थोपा रगत हुँदासम्म केपी ओलीसँग लड्ने उनको उद्घोष छ । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्