Logo

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे श्रीमतीसहित नेपाल भ्रमणमा



काठमाडौं, असोज ७ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे नेपाल आएका छन्। उनी आज बिहान ८ बजे ड्रक एयरको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरेका हुन् ।

श्रीमतीसहित नेपाल भ्रमणमा रहँदा उनी झम्सिखेलस्थित होटल भिभान्तामा बस्ने छन्। उनी आगामी ९ असोजमा भरतपुर जाने कार्यक्रम रहेको छ। स्रोतका अनुसार राजापाक्षेले विभिन्न बौद्धस्थलहरुको भ्रमण गर्ने कार्यतालिका रहेको छ। त्यसपछि उनी १३ असोजमा काठमाडौं फर्किने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्