Logo

आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं, असोज ७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर १ लाख ५९ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्