Logo

श्रीलंकाका पहिलो कम्युनिष्ट राष्ट्रपति दिसानायकेले लिए शपथ



काठमाडौं । अनुराकुमारा दिसानायकेले श्रीलंकाको नयाँ राष्ट्रपतिको शपथ लिएका छन्। आइतबार निर्वाचन आयोगले उनलाई विजेता घोषित गरेको थियो। कोलम्बोस्थित राष्ट्रपति कार्यालय भवनमा सोमबार बिहान उनले शपथ लिएका हुन्।

उनले श्रीलंकाले भोगिरहेको समस्याको जटिलता आफूले बुझेको र जनताको आशा पूरा गरी उनीहरूको विश्वास जित्न कडा मेहनत गर्ने वाचा गरे। जेभीपी पार्टीका ५५ वर्षीय दिसानायकेले नेसनल पिपुल्स पावर नामक गठबन्धन बनाएर चुनावमा भाग लिएका थिए। उनले ४२.३१ प्रतिशत मत प्राप्त गरेका थिए।

भ्रष्टाचार निवारण गर्ने र श्रीलंकाको राजनीति शुद्धीकरण गर्ने वाचाका साथ उनी चुनावमा उठेका थिए।
श्रीलंकामा अहिले अन्तर्राष्ट्रिय मुद्राकोषको सहायतामा स्थिति केही सुधार भएको छ। तर, मितव्ययिताका कडा सर्त पालना गर्दा गरिब जनताले ठूलो आर्थिक कठिनाइ बेहोर्नु परिरहेको छ।



प्रतिक्रिया दिनुहोस्