Logo

रवीन्द्र मिश्रलाई प्रचण्डको जवाफ : यो प्रचण्डको संविधान होईन, नेपाली जनताकै संविधान हो (भिडिओसहित)



काठमाडौं, ७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको संविधानलाई नेपाली जनताकै संविधान भएको बताएका छन् । संविधान निगरानी समूह र आईएसएसआरको संयुक्त आयोजनामा आयोजित ‘संविधान कार्यान्वयन ः अपेक्षा र बास्तविकता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यसअघिका वक्ता राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संविधानलाई प्रचण्डको संविधान भनेका थिए । त्यसको जवाफ दिँदै दाहालले अहिलेको संविधान प्रचण्डको संविधानभन्दापनि नेपाली जनताकै संविधान भएको बताए । उनले संविधानसभाको निर्वाचन गराउने र संविधानसभाबाट संविधान बनाउने कुरामा आफ्नो नेतृत्वदायी भूमिका रहेको स्मरण गराए । उनले अहिलेको संविधान सम्झौता र सहमतिको दस्तावेज भएको बताए ।

संविधान राम्रोसँग कार्यान्वयन हुन नपाएको उनको भनाई छ । उनले भने,‘संविधान कार्यान्वयन नहुँदै हामी समिक्षा गर्न बसेका छौं । संविधान कार्यान्वयन के कति भयो अनि के कति भएन भन्ने विषयमा पहिला राम्रो लेखाजोखा गर्न जरुरी छ । मैले पछिल्लो १९ महिना सरकारको नेतृत्व गर्दा सबभन्दा धेरै बैठक राखेको संविधानको विषयमा भनेको संघीय निजामती ऐनलाई संसद्सम्म पुर्याउनको लागि थियो ।’



प्रतिक्रिया दिनुहोस्