Logo

लगातार तीन खेलमा हार बेहोरेको नेपाल आज ओमानसँग खेल्दै



काठमाडौं, असोज ८ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा सुरु हुनेछ । नेपालले यसअघि लगातार सिरिजका तीन खेलमा हार बेहोरेको छ ।

नेपालले क्यानडासँगका दुवै र ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ । नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

नेपालले लिग–२ मा अहिलेसम्म ७ खेल खेलेको छ । जसमध्ये एकमा जित र ६ खेलमा हार बेहोरेको छ । त्यस्तै ओमानले अहिलेसम्म खेलेका ६ खेलमा २ जित, ३ हार र एक खेल नतिजाविहीन हुँदा अंक बाँडेको छ । आजको खेलसँगै लिग–२ को दोस्रो सिरिज सकिनेछ भने क्यानाडामै तीन टोलीबीच टी–२० सिरिज हुनेछ ।



प्रतिक्रिया दिनुहोस्