Logo

रवि लामिछानेमाथि प्रतिशोध साँध्न खोजिए जनस्तरले प्रतिरोध गर्ने दीपक बोहराको चेतावनी



काठमाडौं, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सभापति रवि लामिछानेका सहयोगी दीपक बोहराले सभापति लामिछानेमाथि निर्देशित पूर्वाग्रहमा प्रतिशोध साँध्न खोजिए जनस्तरले प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय समितिबाट कारबाही सिफारिशमा परेका लामिछानेलाई प्रहरीले आज/भोलिभित्रै नियन्त्रणमा लिने तयारी गरेको सन्दर्भमा बोहराले यस्तो चेतावनी दिएका छन् । उनले लामिछानेमाथि प्रतिशोध साँध्नेहरु नामेट हुनसक्ने पनि चेतावनी दिएका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

निर्देशित पूर्वाग्रहमा प्रतिशोध साँध्न खोजिए जनस्तरले प्रतिरोध गर्छ नै। त्यसपछि तिमीहरू नामेट हुन सक्छौ, हेक्का राख।



प्रतिक्रिया दिनुहोस्