Logo

प्रधानमन्त्री ओलीसँग एमसिसीका कार्यकारी प्रमुखको भेटवार्ता



न्युयोर्क, असोज १० । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँगको भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्