Logo

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध



डडेल्धुरा, असोज १० । सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षातका कारण डोटीको जोरायल गाउँपालिका-१ गैरा र मेल खर्कमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको हो ।

सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएका प्रहरीले जनाएको छ । अहिले डोजरले पहिरो पन्छाउने काम गरिरहेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्