Logo

पोखरा महानगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गर्दै



गण्डकी, १० असोज । पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।महानगरपालिकाले यही असोज ११ गतेदेखि पोखरा –८ स्थित सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार चाडबाडमा उपभोक्तालाई केही न केही राहत पुुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

पोखराको लेखनाथ क्षेत्रमा पनि सुुपथ मूल्य पसल खोल्ने सम्बन्धमा कर्मचारी उपलब्ध भएमा सञ्चालन गर्न सकिने कुरा आएकाले त्यसबारे पनि सम्बद्ध पक्षसँग छलफल बढाइएको उनले बताए । सुपथ मूल्य पसलमा चिनी, नुन, तेल, पीठो, मैदा, चामल लगायतका समानहरू पाइने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्