Logo

सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँ



काठमाडौं, असोज ११ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँ पुगेको छ ।

बिहीबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ भने प्रतितोला १ हजार ९५५ रुपैयाँमा स्थिर छ ।



प्रतिक्रिया दिनुहोस्