Logo

साथीको घरमा सुत्न गएका दुईसहित पहिरोमा पुरिएर चार जनाको मृत्यु



काठमाडौं, असोज १२ । पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम १२ घर भई हाल फिदिम ४ मा अस्थायी वसोवास गर्ने २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पा रहेका छन्।

दुवैजनालाई आज बिहान ४ बजे पहिरोले पुरेको थियो । पहिरो गएको स्थानदेखि केही टाढा डेरामा बस्ने उनीहरु साथीको घरमा सुत्न गएका थिए । पहिरोले आदिवासी महासंघ पाँचथरको भवन पनि पुरेको छ । सोही भवन नजिकैको घर सडक माथिदेखि आएको पहिरोले पुर्दा आमा छोरीको ज्यान गएको हो । दुवै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख हेमन्त भण्डारीले जानकारी दिए ।

त्यस्तैगरी, धनकुटाको पाख्रिवासमा पहिरोले घर बगाउदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रिवास नगरपालिका वडा नम्वर पाँच गुराँसे डाँडाको ३५ वर्षीय आषा तामाङ्ग र उहाँकी आमा करिब ५० वर्षीय राम कुमारी तामाङ्ग रहेका छन् । बिहान करीब साढे तीन बजे तिर घर बगाउन लागे पछि घरमा रहेको सामान निकाल्न गएको आमाछोरीको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्