Logo

भक्तपुरमा पाँचजना बेपत्ता, खुलेन पहिचान



काठमाडौं, असोज १२ । भक्तपुरमा पाँचजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर उनीहरू बेपत्ता भएका हुन् । उनीहरूको पहिचान खुलेको छैन ।

उनका अनुसार ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् । वेपत्ताहरूको खोजी कार्य जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्