Logo

एपीवान टिभीको मुख्यालयमा बाढी पस्यो, सबै प्रसारण बन्द



काठमाडौं, १२ असोज । रामेश्वर थापा मालिक रहेको एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेको छ । बाढी पसेपछि अहिले सो टिभीको प्रसारण सेवा बन्द भएको जनाईएको छ ।

हिजो (शुक्रबार) देखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा पनि जनधनको क्षति भएको छ । एपीवानको कार्यालयभित्रसम्म बाढी पसेको कारण विद्युत सेवा अवरुद्ध भएको छ ।

यस्तै, कार्यालयका गाडी, कम्युटर, ब्याकअपलगायतका सामाग्रीसहित डुबानमा परेकाले प्रशारण बन्द भएको एपीवानले जनाएको छ । Photo Source: Facebook/AP1TV



प्रतिक्रिया दिनुहोस्