Logo

झ्याप्ले खोलामा पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो



काठमाडौं, असोज १३। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नागढुंगास्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएका दुई बसबाट १४ जना यात्रुको शव निकालिएको छ ।

शनिबार बिहान पहिरो जाँदा झ्याप्ले खोलामा माइक्रो बसहरु पुरिएका थिए । पहिरोबाट निकालिएको एउटा माइक्रो बसबाट ५ वटा शव निकालियो भने अर्को बसबाट ९ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका दुबै माइक्रो बस र बसहरु एक्साभेटरको सहायताले निकालिएको छ। दुई वटा माइक्रोबसबाट यात्रु निकालिए पनि उनीहरुको पहिचान भइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्