Logo

प्रधानमन्त्री नेपालमा अवतरण भएलगत्तै मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं असोज १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे लगत्तै पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री विमानस्थलमा अवतरण गरेको एक घण्टा पछि मन्त्रिपरिषद्को बैठक बैठकमा बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग प्रधानमन्त्री ओलीले जानकारी लिनेछन्।

आजको बैठकमा सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवार र घाइतेलाई राहत उपलब्ध गराउने बारे पनि निर्णय हुन सक्ने जनाइएको छ । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा परी १ सय ९२ जनाको ज्यान गइसकेको छ।



प्रतिक्रिया दिनुहोस्