Logo

बंगलादेशसँग ४० मेगावाटको सम्झौताअघि मन्त्री छलफलमा, यही साता हस्ताक्षरको तयारी



काठमाडौं, १४ असोज । उर्जामन्त्री दीपक खड्काले बंगलादेशसँग ४० मेगावाटको विजुली खरिद–बिक्रीको सम्झौता गर्नुअघि छलफल थालेका छन् । अहिले सिंहदरबारस्थित् उर्जा मन्त्रालयमा मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलगायत प्राविधिकहरुको टोली छलफलमा जुटेको हो ।

मन्त्री खड्काले यही असोज १७ गते हस्ताक्षर गर्ने तयारी भएको यसअघि नै खुलासा गरिसकेका छन् । विद्युत खरिद तथा विक्रीको लागि सम्झौता गर्न नेपाल सरकारबाट नै पत्राचार भएको थियो । त्यसमा बंगलादेश सरकारले सकारात्मक जवाफ दिएको हो । यो सम्झौताले नेपालको उर्जा क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने विश्वास लिईएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्