Logo

मीनबहादुर गुरुङले बाढी/पहिरो पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने घोषणा



काठमाडौं, १४ असोज । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा परोपकार मीनबहादुर गुरुङले बाढी तथा पहिरो पीडितको लागि सहयोगको घोषणा गरेका छन् । उनले पीडितहरुको लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग राशिको घोषणा गरेका छन् ।

गुरूङले सो सहयोग बाढी तथा पहिरो पीडितको उद्धार र राहतका लागि सरकारलाई प्रदान गर्ने जनाईएको छ । अविरल वर्षाको कारण देशव्यापी रुपमा बाढी तथा पहिरोले ठूलो जनधनको क्षति भएको छ।



प्रतिक्रिया दिनुहोस्