Logo

आज असोज १५ गते मंगलबारको राशिफल



श्री शाके १९४६ । बि स २०८१ साल असोज १५ गते मंगलबार । इश्वी सन २०२४ अक्टोवर १ तारीख । आश्विन कृष्ण पक्ष चतुर्दशी तिथी पूर्वफाल्गुनी नक्षत्र शुक्ल योग भद्रा करण चन्द्रमा सिहं राशिमा आनन्दादि योगमा धुम्र योग कालयुक्त नाम संवत्सर सुर्य दक्षिणायन शरदऋृतु चतुर्दशी श्राद्ध शस्त्रादिले मरेको श्राद्ध्,नस्लास्वने चस्ह्रे पूजा, खलङा९जुम्ला०मा चन्दन्नाथको लिङो ठड्याउने, जेष्ठ नगरिक दिवस (ज्यो.पं.सरोज घिमिरे)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। समयतालिका नमिल्दा योजना भने अधुरै रहनेछ। साँझतिर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयमा काम नगर्ने बानीले अवसर गुम्न सक्छ, सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
काम गर्ने अवसर प्राप्त भए पनि सानोतिनो समस्याले अल्झाउन सक्छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझतिर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामकाे जिम्मेवारीले नाेक्सान पुर्याउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले पुरुषार्थी काम गर्ने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। साँझतिर फजुल खर्च बढ्नेछ। अरूको भरपर्दा आफ्नाे फाइदा गुम्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई विचार गरेर काम थाल्नुहाेला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझतिर सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि नयाँ अवसर दिलाउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ। सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो काम थाल्ने परिस्थिति जुट्नेछ। तर लगानी जुटाउन सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन्। नयाँ काम गर्न केही समय लाग्नेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साँझतिर अरूकाे जिम्मेवारीसमेत वहन गर्नुपर्ला। पेसा–व्यवसायमा पनि कामको चाप बढ्नेछ। फाइदा कम हुनाले जाेश–जाँगरमा समेत कमी आउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य कमजाेर रहने समय छ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको मेसो नमिल्दा अलमल हुनेछ। वादविवादले पनि काममा बाधा पर्नेछ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। यात्रामा समस्या पर्न सक्छ। पेसा–व्यवसायमा आंशिक फाइदा हुनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। साँझतिर स्वास्थ्य कमजाेर भएकाे अनुभूति हुनेछ। केही फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
माहाेल बिग्रनाले काममा अलमल हुनेछ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। प्रतिस्पर्धीहरूले अवराेध गर्ने चेष्टा गर्नेछन्, हाेसियारीपूर्वक काममा जुट्नुहाेला। साँझदेखि स्थितिमा सुधार आउनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा उपलब्धि हातपार्न सफल भइनेछ।



प्रतिक्रिया दिनुहोस्