Logo

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं, असोज १५ । नेपाली बजारमा आजपनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १०० रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाला सुनको मूल्य १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्