Logo

विपत्तिमा उर्जामन्त्री खड्काको लोभलाग्दो सक्रियता, देशव्यापी रुपमा अवरुद्ध विद्युत आपूर्ति सहज



काठमाडौं, १५ असोज । उर्जामन्त्री दीपक खड्काले हालैको बाढी तथा पहिरोले निम्त्याएको विपत्तिसँग जुध्नको लागि सक्रिय भूमिका खेलेका छन् । देशव्यापी रुपमा बाढी तथा पहिरोले निम्त्याएको उर्जा क्षेत्रको संकटलाई तत्कालै समाधान गर्न सक्रिय भूमिका खेलेका हुन्। उनी विद्युत आपूर्ति अवरुद्ध भएका ठाउँमा सुचारु गर्न आँफै खटिएका थिए ।

यत्रो विपत्तिको बेलामा देशव्यापी रुपमा अधिकांश क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको थियो । तर, मन्त्री खड्काले सम्पूर्ण कर्मचारी संयन्त्रलाई एकसाथ परिचालित गरेर अवरोध खुलाएका हुन् । उनले उद्धार र राहतमा पनि सक्रिय भूमिका खेलेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली देशबाहिर रहेको अवस्थामा सरकारको मोर्चाको नेतृत्व प्रकाशमान सिंहले सम्हालेका थिए । प्रधानमन्त्री ओली स्वदेश फर्किएलगत्तै मन्त्रिपरिषद्को बैठक बसेर महत्वपूर्ण निर्णयसमेत लिएका छन् । सो क्रममा प्रधानमन्त्री ओलीले मन्त्री खड्काको भूमिकाको प्रशंसा गरेका थिए ।

यता, मन्त्री खड्काले बंगलादेशसँग ४० मेगावाट विद्युत खरिद तथा विक्रीको लागि यही असोज १७ गतेभित्रै सम्झौता गर्नेगरि तयारीलाई अन्तिम चरणमा पुर्याएका छन् । यो सम्झौतासँगै नेपालको विद्युत विकासमा यसले ठूलो योगदान पुर्याउने उर्जा क्षेत्रका जानकारले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्