Logo

रजनीकान्तको मुटुमा समस्या, आजै शल्यक्रिया गरिने



काठमाडौं, असोज १५ । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन्। मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गएराति चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ।

पेट दुखेपछि उनलाई भर्ना गरिएको बताइएको छ। त्यस्तै केही भारतीय मिडियाहरूले भने रजनीकान्तको मुटु सम्बन्धी समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन्।

रजनीकान्तको स्वास्थ्य पछिल्लो केही वर्षयता पटक-पटक बिग्रिएको छ। रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण समेत गरिएको थियो।



प्रतिक्रिया दिनुहोस्