Logo

डिआईजी दानबहादुर कार्कीको ‘आयो दशैं तिहार’ गीत सार्वजनिक (भिडिओसहित)



काठमाडौं, १५ असोज । नेपाल प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्कीको शब्द, रचना रहेको नयाँ गीत ‘आयो दशैं तिहार’ को भिडिओ सार्वजनिक भएको छ ।

समिर खरेलको संगीत तथा स्वर रहेको गीतलाई दिक्षित पौडेलले एरेन्ज गरेका हुन् । आरटी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा सुनिषा बजगाईं, बालकृष्ण वली, सुवास सुवेदी, समिया कार्की, कृष्णा ढुंगाना र गोमा न्यौपानेको अभिनय रहेको छ । भिडिओ ज्ञानेन्द्र शर्मा हुमागाईंले खिचेका हुन् भने निर्देशन विष्णु बुढाथोकीले गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्