Logo

सरकार फेल भएकै हो, प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : राजेन्द्र लिङ्देन



काठमाडौं, १५ असोज । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले विपत् व्यवस्थापनमा सरकार चुकको र फेल भएको टिप्पणी गरेका छन् । उनले मौसमविद्हरुले रेड अलर्ट जारी गरेको र त्यसबाट विपतलाई पूरै रोक्न नसकेपनि क्षति न्यून गर्न अवश्यक सकिनेथियो भन्ने धारणा राखेका छन् ।

त्यस क्रममा उनले सरकार चुकेको र फेल भएको दाबी गरेका हुन् । उनले विपतको बेलामा प्रधानमन्त्री र केही मन्त्रीहरुको अभिव्यक्ति झन आपत्तिजनक रहेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्–

मौसमविदको “रेडअलर्ड” बाट विपतलाई पुरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो। सरकार चुकेकै हो फेल भएकै हो। यो विपदको बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति झन आपत्तिजनक छन्।



प्रतिक्रिया दिनुहोस्