Logo

चाडपर्वमा उपभोग्य वस्तुको अभाव र मूल्यवृद्धि हुन नदिनेगरि मन्त्री भण्डारी एक्शनमा, बजार पूरै नियन्त्रणमा



काठमाडौं, १५ असोज । उद्या्ेग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफ्नो सक्रियता बढाएका छन् । नेपालीहरु यतिवेला प्राकृतिक विपत्तिको मारमा परेका छन् । यस्तो बेलामा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना गरिएको गुनासो आउन थालेको छ । तर, मन्त्री भण्डारीले आँफै फिल्डमा उत्रिएर दैनिक उपभोग्य वस्तुको सरल र सहज पहुँचको व्यवस्थासँगै मूल्यवृद्धि हुन नदिनेगरि कदम चालेका छन् ।

उनले दशैं, तिहारलगायतका चाडपर्वमा कुनैपनि उपभोग्य वस्तुको मूल्यवृद्धि हुन नदिने प्रतिबद्धतासमेत जनाएका छन् । काठमाडौंमा मन्त्री भण्डारी छिट्टै बजार अनुगमनको लागि आँफै फिल्डमा उत्रिने तयारीमा छन् । चाडपर्वको मुखमा नागरिकले प्राकृतिक विपत्तिको सामना गर्नुपरेको अवस्थामा मूल्यवृद्धि गरिए कडाभन्दा कडा कारबाही गर्नेगरि उनले कर्मचारी संयन्त्रलाई खटाएका छन् । अहिले बजार पूरै नियन्त्रणमा राखिएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । उनले सो मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै यो क्षेत्रमा देखिएका विद्यमान विकृति तथा विसंगति न्यूनीकरणतर्फउन्मुख छ ।

उनले सरकारीसँगै निजी क्षेत्रलाई समेत यसको वृद्धिविकासमा ध्यान दिएका छन् । उनले निजी क्षेत्रको मनोबल बढाउनेगरि काम गरेको भन्दै चौतर्फी प्रशंसा हुँदै आएको छ । मन्त्री भण्डारी देशमा उद्योग, व्यवसाय फस्टाए सरकार पनि बलियो भएर स्वाधिन अर्थतन्त्र हुन्छ भन्ने विश्वास पाल्ने नेतामा पर्छन् । उनले उद्योग र उद्योगीलाई प्रोत्साहन गरिरहेका छन् । उनले चिनीलगायतका उपभोग्य सामग्रीको अभाव हुन नदिनेगरि तयारी थालेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्