Logo

क्यानको मुख्यालयमा अख्तियारको छापा, केही कागजात बरामद



काठमाडौं, १६ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काठमाडौंको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कार्यालयमा छापा मारेको छ। आज (बुधबार) कार्यालय खुल्नेबित्तिकै अख्तियारको एक टोली पुगेर छापा मारेको हो ।

सो क्रममा अख्तियारको टोलीले केही कागजात बरामद गरेको जनाईएको छ । यसअघि नै प्राधिकरणमा अख्तियारले छापा मार्ने हल्ला थियो । आर्थिक अनियमितता भएको कुरा सडकदेखि सदनसम्म उठेको थियो ।

क्यानका डिजी प्रदीप अधिकारीलाई हटाउने बारेमा पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले पनि उच्च नेतृत्वसँग परामर्श गरिरहेको बेलामा क्यानको मुख्यालयमा अख्तियारले छापा मारेको हो । file photo



प्रतिक्रिया दिनुहोस्