Logo

आज राति ९ः४५ बजेबाट डिभी भर्न पाईने



काठमाडौं, १६ असोज । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९ः ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ । दूतावासले प्रतिव्यक्ति एउटा मात्र आवेदन बुझाउन भनेको छ ।

एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने जनाईएको छ । आवेदन भने https://dvprogram.state.gov/ मा अक्टोबर २, राति ९ः४५ बजे (नेपाली समय) देखि नभेम्बर ५ , राति १०ः४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सकिने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्