Logo

अहिलेका निर्वाचित जनप्रतिनिधिहरु कहाँ हुनुहुन्छ? हारेको भएपनि जनताले हामीलाई नै खोजिरेहेका छन् : पूर्व मन्त्री बस्नेत



भक्तपुर, १७ असोज । नेकपा (एमाले) को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरबाट निर्वाचित जनप्रतिनिधिले जिल्लाको विकास र समृद्धिले जनचाहना अनुसार काम गर्न नसकेको बताए ।

आज चाँगुनारायण नगरपालिका वडा नं.८ घोरसाईने टोल स्थित पञ्चकन्या मन्दिर संरक्षण केन्द्रको कार्यालय उदेघाटन तथा पदवहाली कार्यक्रममा बोल्दै नेता बस्नेतले आफु निर्वाचित भएको समयमा निरन्तर रुपमा जनतताको साथ र विकासमा लागि परेको उल्लेख गरे। भक्तपुरमा एमालेको जनप्रतिनिधि भएको समयमा आएको बजेटलाई समयले आफै ल्याएको भने आलोचना गर्ने नै अहिले निर्वाचित भएको स्मरण गराउँदै ति आलोचकले अहिले जिल्लाको विकासको बजेट तथा नेतृत्व शुन्यता जस्तै रहेको बताए।

उनले भने, ‘हिजो सांसद हुँदा हामी निरन्तर जनताको साथ र विकासमा लाग्यौं । तर अहिलेका निर्वाचित जनप्रतिनिधिहरु कहाँ हुनुहुन्छ? जनताले खोजिरहेका छन् । सवाल, हिजो हामीले गरेको ठिककी अहिलेका साथीभाइले गरेको ठिक भन्ने हो? हारेको भएता पनि जनताले हामीलाई नै खोजिरेहेका छन् । तसर्थ, मासु खाएर बसेका जनता गुन्द्रुक खाएर बस्नुपरेको छ । समयले ल्याएको भन्नेले अहिले के गरेर बसेका छन्?’

भक्तपुरमा एमालेका जनप्रतिनिधि नभएका जनताको चाहनामा ब्रेक लागेको उल्लेख गर्दै हिजोको कुरालाई पाठको रुपमा लिई आज र भोलिको आधार तयार गर्नुपर्नेमा जोड दिए। ०७९ को निर्वाचनमा एमालेलाई हराएकै कारण अहिले भक्तपुरको विकासमा अन्धकारले छाएको स्पष्ट पार्दै उहाँले आउने निर्वाचनमा आफ्नो निर्णयलाई जनताले सच्याउनेमा विश्वास व्यक्त गर्नुभयो । एमालेको नेतृत्वमा भक्तपुर देशकै विकासको पथप्रदर्शक रहेको उल्लेख गर्दै उनले आफ्नो पालामा भक्तपुरको विकास उदाहरणीय भएको बताए ।

एमाले भक्तपुर जिलको इन्चार्ज समेत हरनुभएको पूर्वमन्त्री बस्नेतले भने, ‘आगामी निर्वाचनमा जनताले हिजोको निर्णयलाई सच्याएर एमालेलाई विजयी गराउनुहुनेछ । । त्यसपछि एमालेले भक्तपुरको विकासले कायपलट गर्नेछ । खास गरी सूर्यविनायक र चाँगुनारायणको विकास हेर्न काठमाडौँ लगायतका जनप्रतिनिधि आउने गरेका छन् । आगामी दिनमा त्योभन्दा अझ बढी आधुनिक र पस्किृत ढंगले ‘भक्तपुरले खोज्ने हैन, भक्तपुरलाई खोजेर आउने’ बनाउनुपर्नेछ । त्यसको नेतृत्व हामी गर्नेछौं, जनतालाई साथसाथै लिएर हिड्नेछौं, अभिभावको भूमिका निर्वाह गर्नेछौं । केशव स्थापितको पालमा हामीले काठमाडौँबाट विकास सिक्यौं भने अहिले हाम्रो पालामा काठमाडौँले सिक्दैछ । भक्तपुरको विकासको गाडी अड्क्यौं । अव ब्याक गरेर अगाडी बढाउनुपर्छ । हामीले समग्र जिल्लाको विकासको अभियान अगाडी बढाउँछौं । जनताले होस्टे गरेको ठाउँमा एमाले हैंसे गर्न जहिले पनि तयार छ ।’



प्रतिक्रिया दिनुहोस्