Logo

जनता मर्दा विदेश शयर गर्ने र बालुवाटारको खोपीमा रमाउने प्रधानमन्त्री चाहिएन : प्रभु साह



काठमाडौं, १७ असोज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वमा रहेका मन्त्रीहरुलाई सार्वजनिक रूपमै बहिष्कार गर्न नागरिकसमक्ष अपिल गरेका छन् । बाढी/पहिरोको विपत्तिले सयौंको संख्यामा नागरिकले ज्यान गुमाएको र अझै दर्जनौं बेपत्ता रहेको अवस्थामा सरकार लुकेर बसेको भन्दै साहले सार्वजनिक रूपमै प्रधानमन्त्री ओली र मन्त्रीहरुलाई बहिष्कार गर्न भनेका छन् ।

चाडपर्वको मुखमा प्राकृतिक विपत्तिमा परेर नागरिकको निधन हुँदापनि प्रधानमन्त्री ओली भने बालुवाटारको खोपीमा मस्त बनेको साहको आरोप छ । आज (बिहीबार) सञ्चारकर्मीहरुसँगको कुराकानीमा साहले अहिले मुलुकमा सरकार नै नभएको आभाष भएको बताए । उनले देशमा नागरिक मर्दा विदेश शयर गर्ने, स्वदेश फर्किएपछि विपत्तिलाई मजाक गरेर उडाउने र बालुवाटारको खोपीमा मात्रै बस्ने प्रधानमन्त्री जनतालाई नचाहिएको बताए ।

उनले भने,‘देशमा अहिले सरकार छैन् । नागरिकले यत्रो विपत्ति सामना गर्नुपरेको छ । सयौंको संख्यामा नागरिकले ज्यान गुमाएको अवस्था छ, तर प्रधानमन्त्री र मन्त्रीहरु कहीँकतै देखिनुभएन । पीडितहरुले सरकार सरकार भनेर गुहारेको अवस्था छ । तर, सरकारका कोहीपनि मन्त्रीहरु मैले प्रभावित क्षेत्र र पीडितहरुको घरमा पुगेको देखिनँ । यो सरकार खासगरी प्रधानमन्त्री ओलीसँग मानवीय समवेदना भन्ने चिज रहनेछ । उहाँ एकदमै निर्दयी देखिनुभयो ।’ देशमा यत्रो प्राकृतिक विपत्ति आउँदा र नागरिकले ज्यान गुमाईरहँदा प्रधानमन्त्री ओली अमेरिकामा अनावश्यक रूपमा बसेर दिन काटेको भन्दै साहले आलोचना गरे ।

घट्ना घटेको यत्तिका दिन बितिसक्दापनि सरकारका प्रत्यक्ष सरोकार राख्ने गृहमन्त्री, रक्षामन्त्रीहरु घट्नास्थलमा नपुग्नु दुःखद् विषय भएको उनको टिप्पणी छ । उनले भने,‘पीडितहरुलाई बरु सहयोग गर्न सामाजिक संघ/संस्थाको उपस्थिति देखिएको छ। तर, सरकार देखिएन । सरकारका मन्त्रीहरु काठमाडौंमा मस्त छन् । उनीहरुमा कुनै संवेदनशीलता देखिएन । यस्तो सरकार र मन्त्रीहरु जनतालाई किन चाहियो ? अब सार्वजनिक रुपमै बहिष्कार गर्नुपर्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्