Logo

शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने जय साहको घोषणा, असम्भव छ भनेर प्रमाणित गर्नेलाई ५ लाख पुरस्कार



काठमाडौं, १७ असोज । नेपाललाई विश्व गुरु बनाउने महत्वकांक्षी घोषणा गरेर रिसर्च सेन्टरमार्फत काम गरेका जय साहले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने नीति ल्याउने भएका छन् । तर, आफ्नो नीतिलाई दलका नेताहरुको विरोधबाहेक अरु कारणले लागु गर्न असम्भव छ भनेर प्रमाणित गर्ने अर्थशास्त्रीलाई पाँच लाख राशिको पुरस्कार दिने उनको घोषणा छ ।

उनले आफूलाई चूनौति दिनेलाई लाईभ डिवेटको लागि निम्तो दिएका छन् । साह विगत दुई दशकदेखि अमेरिकामा बस्दै आएका छन् । उनले नेपालमा आमूल परिवर्तनको लागि कल्किजम रिसर्च सेन्टरमार्फत काम गरिरहेका छन् ।

उनले देशको नम्बर एक धनी व्यापारी र एउटा किसानले बराबर कमाई गर्ने कानून बनाउने भनेका छन् । उनले त्यस्तो कानूनलाई कृष्ण कानूनको संज्ञा दिएका छन् । उनले नेपालमा कार्ल मार्क्स को लाल सलाम बन्द गरेर अब कृष्णको केशरिया सलाम सुरु गर्नुपर्ने भनेर नयाँ नारासमेत तय गरेका छन् ।

साहले देश अब हल्ला गर्नेले नभई सल्लाह गर्नेले चलाउनुपर्ने धारणा राखेका छन् । यस्तै, देश अनर्थशास्त्रीले नभई अर्थशास्त्रीले चलाउनुपर्ने र देश गुण्डाहरुले नभएर ज्ञानीहरुले चलाउनुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले देशमा राजतन्त्र र गणतन्त्र दुवै व्यवस्था फेल भैसकेको दाबी गरेका छन् ।अब देशमा नयाँ व्यवस्था ज्ञानतन्त्र आवश्यक रहेको उनको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्