Logo

सिस्नेरी पहिरोमा ज्यान गुमाउने एन्फा एकेडेमीका खेलाडीका परिवारलाई जनही २ लाख



बागमती, १९ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी पहिरोमा परेर मृत्यु भएका तीनजना विद्यार्थीका परिवारलाई शुक्रबार राहत उपलब्ध गराइएको छ ।

सरकारकातर्फबाट जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका संयोजक एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले पहिरोमा परी मृत्यु भएका मकवानपुरको हेटौँडाका अनुपम घलान, मकवानपुरगढीका साइमन योञ्जन र सिस्नेरीका दिवस बानियाँका परिवारलाई राहतस्वरुप रु दुई–दुई लाखको चेक हस्तान्तरण गरे। 

मृतक अनुपमका बुबा ललितबहादुर घलान, साइमनका बुबा हेमबहादुर योञ्जन र बानियाँका बुबा दीपक बानियाँलाई घरमा पुगेर चेक हस्तान्तरण गरिएको प्रजिअ चिलुवालले जानकारी दिए। 

यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले मकवानपुरको सिस्नेरीस्थित टेकरमा पहिरोमा खस्दा असोज १२ गते अखिल नेपाल फुटबल सङ्घ (एन्फा) क्याम्पमा प्रशिक्षण लिने र होस्टेलमा बसेर अध्ययन गर्दै आएका छजना विद्यार्थीको मृत्यु भएको थियो । 



प्रतिक्रिया दिनुहोस्