Logo

महिला टी-२० विश्वकप : न्यूजील्याण्डसँग भारत स्तब्ध



काठमाडौँ, १९ असोज । जारी आईसीसी महिला टी-२० विश्वकपमा न्यूजील्याण्डले भारतलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा न्यूजील्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको १६१ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभरमा अल आउट हुँदै १०२ रन मात्र बनाएको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।

अब न्यूजील्याण्डले अर्को खेल मंगलबार अस्ट्रेलियाविरुद्ध खेल्ने छ भने भारतले आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।



प्रतिक्रिया दिनुहोस्