Logo

मकवानपुरमा ई भी माइक्रो दुर्घटना हुँदा तीन जना घाइते



काठमाडौँबाट धरान जाँदै गरेको ई भी माइक्रो मकवानपुरको बागमती गाउँपालिकामा दुर्घटनामा परेको छ । प्रदेश ००१ ज ४३२८ नम्बरको माइक्रो मदन भण्डारी लोक मार्गमा अन्तर्गत बागमती गाउँपालिका -८ सात्तले भन्ने स्थानमा दुर्घटना भएको हो । १२ यात्रु लिएर जाँदै गरेको उक्त माइक्रो आफै अनियन्त्रित भई सडक छेउको नालामा पल्टन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माइक्रो चालक धनकुटा जिल्ला बुद्ध नगरपालिका – १ हिले बस्ने वर्ष ५२ का देवी थापा , सोही स्थान बस्ने वर्ष ३० की प्रमीला तामाङ र काठमाडौँ चावेल बस्ने अन्दाजी वर्ष ४८ कि बिना तामाङ सामान्य घाइते भएका छ्न। घाइते सबैको हेटौडा स्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्