Logo

देशमा अझै आर्थिक कठिनाई छन्, सरकारले आशा जगाउने काम गर्नुपर्छ : डा. महत (भिडिओसहित)



काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा अझै आर्थिक कठिनाई रहेको बताएका छन् । आर्थिक समस्याबाट पार लगाउनको लागि सरकारले अझै धेरै मेहनत गर्नुपर्नेमा उनको जोड छ ।

आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले सरकारले अब आशा जगाउने काम गर्नुपर्ने बताए । उनले अहिले सार्वजनिक खर्चको अवस्थालाई पनि धेरै सुधार गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।

उनले भने,‘अहिले दबाब छ, पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्ने छ । शेयर मार्केटलाई पनि स्थिर रुपमा अघि बढाउनुपर्ने आवश्यकत्ता छ । त्यसका नियामक निकायलाई अझै बलियो बनाउनुपर्छ ।’

विदेश लगानीमा देखिएका कतिपय चूनौतिलाई कम गर्नुपर्ने पनि उनले औंल्याए । उनले अहिले देश संकटमा परेको कारणले पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताए ।

उनले सरकारले जनताको मन जित्नेगरि काम गरिरहेको दाबी गरे । बाढी, पहिरो विपत्तिमा परेका पीडितहरुलाई सरकारले तीन दिनभित्र राहत पुर्याउने भनेर बोलिसकेकोले त्यहीअनुसार काम हुनेमा आफू विश्वस्त रहेको महतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्