Logo

बाढीले कमला नहर सिँचाइ आयोजनामा ७ करोड ५० लाख बराबरको क्षति



सिरहा,१९ असोज । हालै आएको बाढीले कमला नहर सिँचाइ आयोजनामा करिब रु सात करोड ५० लाख मूल्य बराबरको क्षति भएको छ । नहर, साइफन तथा मेन होलमा बालुवा पसेर क्षति पुगेको हो ।

कमला नहर हर्दिनाथ सिँचाइ आयोजना डिभिजन कार्यालयका कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार कमला नहरको पूर्वी नहर प्रणाली सिरहा र कमला नहर पश्चिमी नहर प्रणाली तथा हर्दिनाथ सिँचाइ प्रणालीतर्फ मिलाएर करिब सो रकम बराबरको संरचना बाढीपहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

सिरहा र धनुषाको गरी कूल २७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइरहेको सो आयोजनाको क्षमता थप भई पछिल्लो समय ३८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा आयोजनाले पु¥याइरहेको छ । उनका अनुसार केही संरचना पहिला नै जिर्ण थिए । यो अविरल वर्षाले बाढीबाट क्षतिग्रस्त हुँदा सिँचाइमा समस्या पुगेको प्रमुख यादवले बताए ।

कमला नहर र हर्दिनाथ सिँचाइ आयोजनाको नहरको पुरानो तथा नयाँ संरचना भाँसिएको बाँध तथा केनल पूर्णरुपमा क्षतिग्रस्त भएको नहरको ग्राभेल बाटो टुटफुट भएको र नहर संरचनामा बाढीले क्षति पु¥याएको सो कार्यालयका सवइञ्जिनीयर सुभाष यादवले बताए ।

आयोजनाले धनुषाका छ नगरपालिका र दुई गाउँपालिकामा सिँचाइ सुविधा पु¥याएको छ । सिरहातर्फ पाँच नगरपालिका र दुई गाउँपालिकामा सिँचाइ सुविधा पुगेको छ । विसं २०१७ मा तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले सो आयोजना शिलान्यास गर्नुभएको थियो । सो आयोजनाले विसं २०४० बाट सिँचाइ सुविधा पु¥याउन थालेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्