Logo

मन्त्री यादवको आग्रहपछि दक्षिणकाली नगरपालिकाले ललितपुरमा पठायो खानेपानी



काठमाडौँ, १९ असोज । खोपानीमन्त्री प्रदीप यादवले ललितपुरमा देखिएको खानेपानीको समस्या समाधान गरेका छन् । आज (शनिबार) दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल पानी आपूर्तिमा सहयोग गरिदिन आग्रह गरेपछि दक्षिणकाली नगरपालिकाले अहिले ललितपुरका लागि पानी पठाएको छ ।

आज दिनभरको प्रयासपछि भैँसेपाटीको ट्याङ्कीमा पनि पानी झर्न थालेको काठमाडौँ उपत्यका लिमिटेड (केयुकेएल) भैंसेपाटीले जनाएको छ । दक्षिणकाली नगरपालिका र स्थानीयहरुसँग गरिएका कतिपय प्रतिवद्धता पूरा गर्न भने बाँकी नै रहेका र दशैँ लगत्तै गर्नु पर्ने केयुकेएलले जनाएको छ ।

मन्त्री यादवको आग्रहसँगै उक्त नगरपालिकाले आज साँझदेखि ललितपुरका नागरिकका लागि दक्षिणकाली नगरपालिकाको कुटुरी मुहानबाट पानी पथान्तरण गरी काठमाडौँ उपत्यका लिमिटेड (केयुकेएल) भैंसेपाटीको खानेपानी टयाङ्कीमा पानी अइपुगेको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलदेबी शाक्य बज्रचार्यले जानकारी दिईन् ।

उनले भनिन्, “तत्काललाई दसैंसम्मलाई दक्षिणकाली नगरपालिकाले त्यहाँबाट पानी छोडिदिने पूर्णिमाको पर्सिपल्ट पुनः बैठक बसेर सम्पूर्ण क्षतिको लागत अनुमान तयारी गरी ललिपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका र केयुकेल बसेर के के काम गर्न सकिन्छ सो विषयमा सम्झौता पत्र तयार गरी हस्ताक्षर गर्ने सहमती भएको छ ।”

ललितपुरमा रहेको काठमाडौँ उपत्यका लिमिटेड (केयुकेएल) भैंसेपाटीको खानेपानी टयाङ्कीमा पानी आइपुगेकाले अब चाडै यहाँका नागरिकलाई पानी बितरणको कार्य सुरु गरिने केयुकेएलका कार्यकारी निर्देशक अशोक पौडेलले बताए ।

खानेपानीमन्त्री प्रदीप यादव आज दक्षिणकाली नगरपालिमा पुग्नु भई आफु राज्यको प्रतिनिधी भएकाले दक्षिणकालीमा बाढीपहिरो लगायतका बिपद्बाट नागरिकले भोग्नु परेका पीडा खानेपानीका समस्याहरु स्वयं आफ्ना पीडा भएको र त्यसको समस्या समाधानका लागि हरतरहले अग्रसर रहने प्रतिबद्धता जनाउनु भएपछि त्यहाँका जनप्रतिनिधी एवं स्थानीयले ललितपुरमा पानी पठाएको बताइएको छ ।

मन्त्री यादवले बाढीपहिराका कारण दक्षिणकालीमा खानेपानीका भएका क्षतीको मर्मतसम्हारका लागि तत्काल काम थाल्न आफुले मातहतका निकाएलाई निर्देशन दिइसकेको र बाढीले भत्काएका र बिगारेका खानेपानीका मुहानहरुका काम सुचारु हुनेमा ढुक्क हुन समेत सबैमा आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्