Logo

प्रचण्डको पालामा बिग्रिएर धेरै भत्किएको थियो, ओली सरकारले सकारात्मक दिशा पक्रिएको छ : राजन भट्टराई (भिडिओसहित)



काठमाडौं, २० असोज । नेकपा (एमाले) का प्रभावशाली नेता डा. राजन भट्टराईले यसअघिको प्रचण्ड नेतृत्वको सरकारको पालमा बिग्रिएर धेरै भत्किएको भएपनि अहिले केपी शर्मा ओलीको सरकारले सकारात्मक दिशा पक्रिएको दाबी गरेका छन् । आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले बाढी, पहिरो विपत्तिमा परेकालाई उद्धार र राहतमा सरकारले कमी नगरेको जिकिर गरे । उनले प्रचण्डले विपत्तिको बेलामा सकारात्मक भूमिका नखेलेको भनेर सरकारको आलोचना गरेको विषयमा विमति जनाए ।

उनले भने,‘अब प्रचण्डले के आधारमा कसरी आलोचना गरिरहनुभएको छ, उहाँ सरकारबाट बाहिरिनु परेको एउटा छट्पटाहाट छ । उहाँलाई तथ्यमा आधारित भएर बहस गरौं भन्नुपर्छ । एक वर्षअघिको नेपालको अर्थतन्त्र, एक वर्षअघिको उहाँकै नेतृत्वमा रहेको सरकारले राज्यका आफ्ना कर्मचारीलाई तलव दिन पैसा नभएर आन्तरिक ऋण उठाउनुपरेको थियो । आज त्यसमा गुणात्मक हिसाबले सुधार भएको छ । म दाबीका साथ भन्छु राजश्व उठेको छ । अर्थतन्त्र चलायमान भएको छ। बैंकमा निक्षेप बढ्दो छ । वैदेशिक व्यापार सुधारिएको छ ।’



प्रतिक्रिया दिनुहोस्