Logo

छानबिन समितिले पनि रवि लामिछानेलाई दोषी देखाएको छैन् : प्रचण्ड



काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेको बचाउ गरेका छन् । उनले अहिलेपनि संसदीय छानबिन समितिले लामिछानेलाई दोषी नदेखाएको स्पष्ट पारेका छन् । उनले आफू प्रधानमन्त्री हुँदा लामिछानेले सहकारी ठगी गरेको प्रमाण नपाएको दाबी गरे ।

आज (आइतबार) चितवन पुगेका दाहालले यस्तो स्पष्टीकरण दिएका हुन् । उनले भने,‘सहकारी ठगीसम्बन्धी अध्ययन गर्न बनेको संसदीय कार्यदलले पनि लामिछानेलाई दोषी देखाएको छैन । गोरखा मिडिया नेटवर्कसम्बन्धी केही चिज छ भनिएको, यद्यपि पोखराको अदालतले समेत रविलाई समाउन दोषी नभएको भनेको मैले सुनेको छु ।’

उनले आफूले भनेर रविलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने बताए । उनले भने,‘फेरि मैले भनेर रविलाई पक्राउ गर्ने वा नगर्ने भन्ने हुँदैन् । सरकार छ । अनि सम्बन्धित निकायहरु छन् । अब सहकारीसम्बन्धी संसद्बाट कार्यदल बन्यो । त्यो बनाउनुपर्छ भन्नेमध्ये म पनि एउटा हुँ । अर्को रवि लामिछानेपनि हो । एउटा कुरा बुझ्नुपर्छ । छानबिन समिति बनाउनुपर्छ भन्ने रवि लामिछानेजी हो । बरु, बनाउन हुन्न भन्ने केपी ओलीजी हो । अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले बरु छानबिन समिति बनाउने कुरामा मेरो विरोध छ भन्नु भएको थियो । अहिले उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ । कारबाही गर्न कसैले रोकेको छैन् । तर, कार्यदलले सहकारी ठगीमा रवि लामिछानेलाई आरोपित गरेको अहिलेपनि छैन् । गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित केही चिज छ भनिएको छ। मैले रोकेर रोकिने कुरा पनि होईन ।’ file photo



प्रतिक्रिया दिनुहोस्