Logo

ऋषि धमला “बेष्ट जर्नालिष्ट अवार्ड”बाट सम्मानित



काठमाडौं, २० असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् अध्यक्ष ऋषि धमला बेष्ट जर्नालिष्ट अवार्डबाट सम्मानित भएका छन् । आज (आइतबार) काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमकाबीच पत्रकार धमला एचिभर्स अवाडर्स २०२४ को बेष्ट जर्नालिष्ट अवार्ड विद्यामा सम्मानित भएका हुन् ।

सक्सेस मिडिया तथा यात्रा प्लसले प्रदान गरेको उक्त अवार्डपछि पत्रकार धमलाले आफूलाई पत्रकारिताको माध्यमबाट देश र जनताप्रति निर्वाह गर्नुपर्ने भूमिकामा थप जिम्मेवारी प्राप्त भएको प्रतिक्रिया दिए । उनले आफूले सुरुवातदेखि नै निश्पक्ष र निर्भिक पत्रकारिता गरेको पनि स्मरण गराए । उनले आफू देशमा सुशासन कायम गर्न र भ्रष्टाचार निर्मुल पार्न अभियान नै छेडेर लागिपरेको पनि सुनाए ।

अवार्ड प्राप्तसँगै पत्रकार धमलाले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो लेखेका छन्-

एचिभर्स अवाडर्स-२०२४ को बेष्ट जर्नालिष्ट अवार्ड विद्यामा सम्मानित हुन पाउँदा हर्षित छु । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुणकुमार चौधरीको हातबाट अवार्ड ग्रहण गर्दाको क्षण । यो अवार्डले मलाई आफ्नो व्यवसायिक धर्म कुशलताका साथ निर्वाह गर्न थप प्रेरित गरेको छ । निर्भिक र जनउत्तरदायी पत्रकारिता नै मेरो पेशाको मूल मन्त्र हो । यसमा म कहिल्यैपनि सम्झौता नगर्ने प्रण गर्दछु ।



प्रतिक्रिया दिनुहोस्